चिनियाँ राष्ट्रपतिव्दारा नेपालसँगको सम्बन्धलाई उच्च महत्व

maitrinews

 

काठमाडौं । चिनियाँ राष्ट्रपति सी चिनफिङले चीनले नेपालसँगको सम्बन्धलाई अत्यधिक महत्व दिनुभएको छ।

दुई देशबीचको ६५ औं वर्षगाँठको अवसरमा चिनियाँ राष्ट्रपति सीले सो कुरा बताएको चिनियाँ समाचार एजेन्सी सिन्ह्वाले जनाएको छ ।

चिनियाँ राष्ट्रपति सीले चीन–नेपाल सम्बन्धको ६५ औं वर्षगाँठको अवसरमा समकक्षी विद्यादेवी भण्डारीसँग बधाइ सन्देश साटासाट गर्नुभएको छ ।