सभामुख सापकोटाको निवासमा कार्यरत सुरक्षाकर्मीमा कोरोना संक्रमण

maitrinews

 

काठमाडौं । सभामुख अग्नि सापकोटाको अगुवा गाडी चालक प्रहरीलाई कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

प्रहरी हेडक्वार्टरमा ठूलो संख्यामा सुरक्षाकर्मीमा संक्रमण देखिएपछि उनको पनि परीक्षण गरिएको थियो । प्रहरी स्रोतका अनुसार उनी प्रहरी हेडक्वार्टरमा बस्थे उनी ६ गतेसम्म सभामुखको अगुवा गाडी चलाएका थिए ।

शुक्रबार उनलाई संक्रमण पुष्टि भएपछि सभामुख निवासमा कार्यरत सुरक्षाकर्मी र अन्यको स्वाब संकलन गरिएको छ र, साँझसम्म रिपोर्ट आउने बताइएको छ ।