गलत विचार र प्रवृतिको ढाकछोप गर्न सकिँदैन

maitrinews

 

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी नेकपाका अध्यक्ष पुष्पकमल दाहाल‘प्रचण्ड’ले एकता जोगाउने नाममा गलत विचार र प्रवृतिको ढाकछोप गर्न नसकिने बताउनुभएको छ ।

कम्युनिस्ट नेता तुलसीलाल अमात्यको २३ औं स्मृति दिवसका अवसरमा आयोजित कार्यक्रममा अध्यक्ष प्रचण्डले गलत विचार र प्रवृतिहरुको ढाकछोप नगरी फर्छ्यौट गर्नुपर्ने बताउनुभयो ।

कुनै पनि बाहानामा पार्टी विभाजन हुनुहुँदै भन्ने जनताको चाहाना नेतृत्वले बुझेको उल्लेख गर्दै प्रचण्डले भन्नुभयो ‘आम जनता र कार्यकर्ताको चाहाना पार्टी विभाजित नहोस भन्ने छ, नेतृत्वको हैसियतले हामीले त्यो कुरा राम्रोसँग बुझेका छौँ । तर एकता अक्षुग्ण राख्ने नाममा विभिन्न विचार, प्रवृति र इस्युहरुको बहस ढाकछोप र छोपछाप हुनुहुँदैन । तिनको फर्छ्यौट ठिक ढंगले गरिनुपर्छ भन्ने कुरामा पनि सचेत छौँ । पुराना नेताहरुप्रति श्रद्धासुमन र सम्मान प्रकट गर्दा लिनेपर्ने शिक्षा यहि हो ।’

अध्यक्ष प्रचण्डले समाचारहरुमा आएजस्तो पद प्राप्तीका लागि पार्टीभित्र कुनै विवाद नरहेको उल्लेख गर्दै विधि र पद्धतीको पालना कसरी गराउने भन्ने विषयमा छलफल केन्द्रित रहेको बताउनुभयो ।