श्रम रोजगार कार्यालय विराटनगरका प्रमुख सञ्‍जेलमाथि हातपात

maitrinews

 

काठमाडौँ । श्रम रोजगार कार्यालय विराटनगरका प्रमुख प्रेम सञ्‍जेलमाथि कार्यकक्षमै हातपात भएको छ । मोरङ प्रहरी प्रमुख एवं एसपी सन्तोष खड्काले सञ्‍जेलमाथि कार्यालयमा कार्यरत दुई जना महिला कर्मचारीहरुले हातपात गरेको बताए ।

उनले भने, ुड्युटी सिफ्ट परिवर्तन गर्ने विषयमा भनाभन हुने क्रममा हातपात भएको रहेछ । अहिले दुवै पक्षलाई छलफलका लागि बोलाएका छौं ।ु ती महिलाहरु कार्यालय सहयोगीको रुपमा कार्यरत रहेको खड्काले बताए ।

ुड्युटीमा खटाउने क्रममा उहाँहरुले राति नखटाइदिनु भन्दा विवाद चर्केपछि हातपात भएको रहेछ,ु एसपी खड्काले कान्तिपुरलाई भने । प्रहरीका अनुसार बिहान ११ बजेतिर उपसचिव सञ्‍जेलले आफूमाथि कुटपिट भएको भन्दै प्रहरीलाई खबर गरेका थिए ।