गिरिजाप्रसाद कोइराला फाउन्डेसन अमेरिकाको आयोजनमा स्वास्थ्यकर्मीहरुलाई निःशुल्क खाना प्रदान

 

न्युयोर्क । कोभिड १९ को महामारी सुरु भए लगत्तै समुदायलाई स्वस्थ र पोषिलो खानामा पहुँच दिलाउने उद्देश्यले गिरिजाप्रसाद कोइराला फाउण्डेशनले निःशुल्क खाधान्न वितरण कार्यक्रम गर्दै आएको छ । शुक्रबार जुलाई ३१ मा फाउण्डेशनले न्युयोर्कको क्वीन्स हसपिटल सेन्टरका स्वास्थ्यकर्मी हरुलाई निस्शुल्क ताजा खाना लन्च प्रदान गरेको छ।

यस निःशुल्क खाधान्न वितरण कार्यक्रममा प्रमुख अतिथि न्युयोर्क
राज्यका सेनेटर जन सि। लियुले उद्वघाटन गर्दै क्वीन्स हसपिटल सेन्टरका सीईओ ईजरायल रोचालई २०० बिरियानी हस्तान्तरण गर्नु भयो। टेस्ट अफ लाहोर रेस्टुरेन्टकी प्रोप्राइटर रेखा श्रेष्ठ ले २०० बक्स बिरियानी, २०० बट्टल पानी र १० वटा जम्बो खरबुजा दान गर्नु भएको थियो।

गिरिजा प्रसाद कोइराला फाउण्डेशन अमेरिकाको आयोजन र सेनेटर जन सि। लियुको सहयोगमा यो कार्यक्रम गरेको जानकारी यसै फाउण्डेशनका अध्यक्ष सोमनाथ घिमिरेले दिनुभयो ।

फाउन्डेसनको निःशुल्क खाद्य लन्च वितरण कार्यक्रममा तन, मन र बचन दिएर क्रमशः उपाध्यक्ष सुवर्ण लामा, केन्द्रीय सदस्य सूर्य सीमखडा खटिनुभएको थियो भने स्वयंसेवीहरु क्रमशः नेका युवा नेताद्वय प्रेम क्षेत्री र अनिल पाण्डे, प्रेमलाल बुढा मगर, लक्ष्मण पुन, रेशम राणा, पंकज सुब्बा लगायत खटिनु भएको थियो।

गिरिजा प्रसाद कोइराला फाउन्डेसन अमेरिकाले प्रमुख अतिथि सेनेटर जन सि। लियु र टेस्ट अफ लाहोर रेस्टुरेन्टकी प्रोप्राइटर रेखा श्रेष्ठलाई धन्यवाद एवम् हार्दिक आभार प्रकट गरेको छ ।