२१ओं शताब्दीमा नेपाली कांग्रेस : सोमनाथ घिमिरे

maitrinews

 

समयको माग, हाम्रो पार्टी नेपाली कांग्रेसमा नयाँ पुस्तामा नेतृत्व हस्तान्तरण गरे मात्र पार्टीले काँचुली फेर्ने छ । २१ओं शताब्दी अनुसार नँया सोच विचार र मूल्यको राजनीति नेता केन्द्रितभन्दा देश र जनता केन्द्रीत भएर अघि बढन अत्यन्त जरुरी छ।

आदरणीय अग्रज नेताहरूले व्यक्तिगत किचलो र ईगो त्याग गरेर पार्टी जोगाउने नीति लिनहुन हामी अमेरिकीवासी कांग्रेसजनको विनम्र अनुरोध छ।अब पनि आदरणीय अग्रज नेताहरूले नयाँ पुस्तामा नेतृत्व हस्तान्तरणको ढोका खोली दिनु भएन भने रुखका पातहरु सुख्दैं ठिङ्ग बुढो रुखमात्र उभिने हो कि भन्नेमा हामी निकै चिन्तित छौं।

हाम्रो आव्हान, अनुरोध के हो भने आदरणीय कांग्रेसका नेताहरूले नेताकेन्द्रित होइन जनताकेन्द्रीत राजनीति गर्ने बेला हो यो। हामी कार्यकर्ताले नेता रिझाउने काम भन्दा गाउँ गाँउ मा जनताहरु संग सम्बन्ध सुमधुर गरे संगठन बलियो र स्वस्थ हुन्छ। मलाई लाग्छ अब नेपाल र नेपाली जनताले कम्युनिस्ट पार्टीको दुई तिहाइ सरकारको जस्तो राजनीतिका लागि बोल्ने मात्र पार्टी खोजेका होइनन। हाम्रो पार्टी नेपाली कांग्रेस जसले हिजोका दिनमा बोलेर होइन देश र जनताको हितमा उदाहरणीय कामहरु गरेर सक्षम र सबल नेतृत्व गरेको इतिहास हामी माझ छर्लङ्गैं छ। त्यसैले राष्ट्रियता, लोकतन्त्र र समाजवाद को मूलमन्त्र बोकेर हामी सबैले व्यवहारतः सिद्धान्तमा अडिग रहेर सबैको मन जित्न सक्ने चुनौती हामी माझ खडा भएको छ यो २१ओं शताब्दीमा। हामीहरु कम्युनिस्टको पुच्छर चै किन बन्नु पर्यो ? आईफोन(१ वाट आज आएर आईफोन(११ को जमानामा हामी बदल्न सकेनौं भने समस्याको समाधान झन् विकराल बन्ने छ।

नेपाली जनसम्पर्क समिति अमेरिकाको हकमा कुरा गर्दा त झन समस्या माथि समस्याहरु को चाङ्ग नै चुलिएको छ, समाधान को बाटो त कताहोकता झन समस्याको बाटो निर्माण गर्दै तिन वटा बाट नपुगेर चौथो नेपाली जनसम्पर्क समिति अमेरिका, टेक्सस राज्यमा दर्ता गरेका छन। अमेरिकामा बसेर पनि हाम्रो सोच विचार शुन्य र अबमूल्य गरे भोलि हाम्रा पीढीहरुले धिक्कार्ने छन।
अब कुनै ढिलाइ नगरी नेपाली कांग्रेस पुनर्गठन र समय अनुसार डिजिटल विश्वमा आधुनिकीकरण हुनुपर्छ।