पहिरोबाट सिन्धुपाल्चोकमा १० जनाको मृत्यु

maitrinews

 

सिन्धुपाल्चोक । गएराति २ बजे मेलम्ची बजारमा पहिरो जाँदा बेपत्ता भएका आठ जनाको शव निकालिएको छ भने एक जनाको जीवितै उद्धार गरिएको छ । त्यस्तै घट्टे खोला छयाप्लुङ भिरमा गएको पहिरोबाट थप दुई जनाको शव निकालिएको छ । योसँगै मृतक सङ्ख्या दश पुगेको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका डीएसपी माधव काफ्लेले जानकारी दिनुभयो ।

पहिरोको कारण मेलम्ची बजारमा निर्माण हुँदै गरेको कभर्ड हलमा काम गर्ने मजदुर बेपत्ता भएका थिए ।
त्यस्तै, बाह्रबिसे नगरपालिका(२, कर्थलीमा पनि भीषण पहिरो गएको छ । घट्टेखोलाको छयाप्लुङ भिरमा पहिरो आउँदा पाँच घर पूर्णरुपमा क्षति भएको स्थानीय रेशमबहादुर तामाङले जानकारी दिनुभएको थियो ।