कोरोना बढेपछि सप्तरीमा छ दिनका लागि निषेधाज्ञा

maitrinews

 

सप्तरी । सप्तरीमा आजदेखि निषेधाज्ञा जारी गरिएको छ । कोरोनाभाइरसको संक्रमण सामुदायिकस्तरमा बढीरहेको भन्दै सप्तरी जिल्लाभरि स्थानीय प्रशासनले आज साउन २० देखि २६ गतेसम्म छ दिनका लागि निषेधाज्ञा जारी गरेको हो ।

आजदेखी निषेधाज्ञा जारी गर्ने बारे जिल्ला सुरक्षा समितिको बैठकले निर्णय गरेको हो । सप्तरीमा हालसम्म ५३१ जनामा कोरोना सङ्क्रमण भेटिएपछि राजविराजसहित सप्तरी जिल्लाभरि आज बिहानैदेखी निषेधाज्ञा जारी गरिएको जिल्ला प्रशासन कार्यालय सप्तरीका प्रमुख जिल्ला अधिकारी शङ्करहरि आचार्यले बताए ।

निषेधाज्ञा जारी गरिएको स्थानमा अत्यावश्यक कामबाहेकका सम्पूर्ण आवतजावत, सवारीसाधन, पसल बन्द रहने जनाइएको छ ।