भदौ १ गतेदेखि उडान खोल्ने स्थिति देखिएन

maitrinews

 

काठमाडौँ । दुई साता अगाडि बसेको मन्त्रिपरिषद्को बैठकले भदौ १ गतेदेखि आन्तरिक तथा अन्तर्राष्ट्रिय हवाई उडान पुनस्सञ्चालन गर्ने निर्णय गरेको भए पनि त्यो निर्णय कार्यान्वयन हुने स्थिति देखानपरेको सरकारका प्रवक्ता डा. युवराज खतिवडाले बताउनुभएको छ ।

जोखिम बढ्दैछ त्यसैले सार्वजनिक यातायात वा अत्यावश्यक बाहेकका अन्तर्राष्ट्रिय उडान तथा आन्तरिक उडान खोलिनहालौँ भन्ने आवाज आइरहेका छन्। हामी केही दिनभित्र कोरोनाभाइरस सङ्कट व्यवस्थापन समितिको बैठक बसेर यी विषयको समीक्षा गर्छौँ,सरकारका प्रवक्ता डा.खतिवडाले भन्नुभयो ।

पछिल्ला दिनमा बढेको जोखिमका कारण सरकारका सामु उदार भएर सेवा सञ्चालन गराउने अवस्था देखानपरेको मन्त्री खतिवडाले बताउनुभयो ।

उहाले विगत केही सातायता विभिन्न देशमा अलपत्र परेका नेपालीहरूको उद्धार गरिएको उल्लेख गर्नुभयो ।

सुरुमा केही हजारभन्दाभन्दै करिब ४५ हजारको त्यसरी उद्धार भइसकेको र अझै थप ४५ हजार आउन चाहनेको सूची विभिन्न दूतावासमा रहेको छ ।

चैत ११ गतेदेखि देशभरि लगाइएको लकडाउन भन्दा केही समय अगाडि देखि नै खासगरी नियमित अन्तर्राष्ट्रिय उडानहरू बन्द भएका हुन्।

जोखिम बढ्दै गएपछि फेरि बन्दाबन्दी हुने त होइन भन्ने प्रश्नको जबाफमा मन्त्री खतिवडाले अहिले सरकारले त्यस्तो नसोचेको बताउनुभयो ।