भारतका पूर्वराष्ट्रपति प्रणव मुखर्जी कोरोना संक्रमित

maitrinews

 

नयाँदिल्ली । भारतका पूर्वराष्ट्रपति प्रणव मुखर्जी कोरोनाबाट संक्रमित हुनुभएको छ ।
उहाँको स्वाब परीक्षण गर्दा कोरोना संक्रमण पाइएको भारतीय सञ्चारमाध्यम टाइम्स अफ इन्डियाले जनाएको छ ।

८४ वर्षीय पूर्वराष्ट्रपति मुखर्जीले सामाजिक सञ्जाल ट्विटरमार्फत परीक्षणबाट आफूमा कोरोना संक्रमण देखिएकाले आइसोलेसनका लागि अस्पताल जान लागेको जानकारी दिनुभयो ।

साथै उहाँले पछिल्लो साता आफ्नो सम्पर्कमा आएका सबैलाई बेग्लै बस्न र संक्रमण भए–नभएको परीक्षण गर्न आग्रह गरेका छन् ।

यसअघि भारतका गृहमन्त्री अमित शाहमा पनि कोरोना पोजेटिभ देखिएको थियो ।

भारतमा हालसम्म २२ लाख १५ हजार ७५ जना कोरोनाबाट संक्रमित भइसकेका छन् । नयाँ केसका रूपमा ६२ हजार ६४ जनामा संक्रमण देखिएको जनाइएको छ ।

पछिल्लो २४ घन्टामा एक हजार सातजनाको कोरोना संक्रमणबाट निधन भएको छ । हालसम्म भारतमा कुल ४४ हजार तीन सय ८६ जनाको कोरोनाबाट निधन भइसकेको छ ।