नौ दिनपछि नेकपाका दुई अध्यक्षबीच भेटवार्ता, पाँच दिनभित्र विवाद समाधान गर्ने प्रतिबद्धता

maitrinews

 

काठमाडौँ । नेकपा अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले पाँच दिनभित्र नेकपामा देखिएको विवाद समाधान हुने बताएको भोलिपल्टै नौ दिनपछि अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग भेटवार्ता भएको छ । दुवै अध्यक्ष पाँच दिनभित्र विवाद समाधान गर्न प्रतिवद्ध हुनुभएको छ ।

२० साउनमा भेट भएयता दुवै अध्यक्षबीच संवादविहीनता थियो ।

प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाका अनुसार प्रधानमन्त्रीनिवास बालुवाटारमा दुई अध्यक्षबीच भेटवार्ता भएको हो । दुई अध्यक्षबीचको संवादले विवाद समाधानको बाटो खोज्ने थापाको भनाइ छ ।

स्थायी कमिटी बैठकमा केही नेताले प्रधानमन्त्रीओलीको राजीनामा मागेपछि नेकपाभित्र विवाद चुलिएको हो। विधि सम्मत निर्वाचित ओलीे दुवै पदबाट राजीनामा नदिने अडान हुनुहुन्छ ।