घ्याल्सुम्दो सेवा संस्था अमेरिकाको महासचिवमा लामा

maitrinews

न्युयोर्क । नेपाल आदिवासी जनजाति महासंघ अमेरिका फिप्नाको कोषाध्यक्ष छोन्जोम छोन्जोम लामा फिप्नाको सदस्य संस्था घ्याल्सुम्दो सेवा संस्था अमेरिकाको महासचिवमा मनोनित हुनु भएको छ । ।
त्यसैगरी उक्त संस्थामा कोषाध्यक्षमा थुप्तेन सोपा र सदस्यमा सेन्टुन लामा मनोनित हुनुभएको छ । उहाँहरूलाई बधाई तथा शुभकामना व्यक्त गर्दै घ्याल्सुम्दो सेवा संस्था अमेरिकाको अध्यक्ष निमा ल्हमोले कार्यकाल सफल हुने विश्वास व्यक्त गर्नुभएको छ । मनोनित पदाधिकारीहरुलाई खादा लगाइदिएर स्वागत गर्दै उहाँले कार्यकाल सफल बनाउन इमानदारीपूर्वक काम गर्न आग्रह गर्नुभयो ।

अध्यक्ष निमा ल्हमोको अध्यक्षतामा घ्याल्सुम्दो सेवा संस्था अमेरिकाको ११ अगस्ट २०२० मा बसेको कार्यसमितिको बैठकबाट घ्याल्सुम्दो सेवा संस्था अमेरिकाको रिक्त पदहरुमा उहाँहरुलाई मनोनित गरिएको हो ।