सिन्धुपाल्चोकमापहिरो, १३ घर पुरिए, पाँच परिवार बेपत्ता

maitrinews

 

सिन्धुपाल्चोक, साउन ३० गते । सिन्धुपाल्चोक जिल्लाको जुगल गाउँपालिका २ स्थित लिदीगाउँमा शुक्रबार विहान गएको पहिरोमा १३ घर पुरिएका छन् ।
सो पहिरामा परेका १३ घरका बासिन्दा मध्ये १५ जनामा पहिरोबाट बाहिर आउन सफल भएका छन् भने पाँच परिवारका सदस्य हराइरहेको जिल्ला प्रहरी कार्यालयका डिएसपी माधव काफ्लेले बताउनुभयो ।
घटनास्थल दुर्गममा भएकाले उद्धारमा पैदल जान कठिनाइ भएकाले हेलिकोप्टर बोलाउने तयारी भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।