डोनाल्ड ट्रम्पका भाइ रोबर्ट ट्रम्पको निधन

maitrinews

 

न्युयोर्क । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका भाइको निधन भएको छ। ७२ वर्षीय रोबर्ट ट्रम्पको मृत्युबारे ह्वाइट हाउसले आइतवार बिहान जानकारी दिइएको हो। बीबीसीका अनुसार उनको मृत्युको कारण भने खुलाइएको छैन।

ुउ मेरो भाइ मात्र होइन, मेरो सबैभन्दा मिल्ने साथी थियोु, ट्रम्पले विज्ञप्तीमार्फत् भनेका छन्। ट्रम्प भाइलाई भेट्न शनिवार न्यूयोर्कस्थित एक अस्पतालमा पुगेका थिए। त्यहाँबाट निस्किए पछि ट्रम्पले पत्रकारहरूसँग भनेका थिए स् ुउ निकै अप्ठ्यारो परिस्थितिसँग जुँध्दैछ।ु

रोबर्ट ट्रम्प डोनाल्ड ट्रम्पको घर जग्गा लगानीहरूको व्यवस्थापन गर्थे।

न्यूयोर्क पोस्टका अनुसार, रोबर्टले जुनमा म्यानहट्टनस्थित माउन्ट सिनाई अस्पतालको विशेष वार्डमा उपचार गराएका थिए।