भारतमा उत्तर प्रदेशका गृह रक्षामन्त्रीको कोरोनाबाट मृत्यु

maitrinews

 

उत्तर प्रदेश । भारतमा कोरोना संक्रमणबाट फेरि अर्का मन्त्रीको निधन भएको छ।

समाचार एजेन्सी पिटआईका अनुसार कोरोना संक्रमणका कारण उत्तर प्रदेशका गृह रक्षामन्त्री चेतन चौहानको निधन भएको हो।

पूर्वक्रिकेटरसमेत रहेका उनको मृत्यु भएको पुष्टि उनका भाइ पुष्पेनद्र चौहानले गरेका हुन्।

गुरुग्रामस्थित मेदान्ता अस्पतालमा उपचार गर्दागर्दै ७२ वर्षीय मन्त्री चौहानको निधन भएको बिबिसी हिन्दीले जनाएको छ। गत जुलाई १९ तारिख उनलाई कोरोना संक्रमण भएको पुष्टि भएको थियो।

यसअघि कोरोना संक्रमणकै कारण मन्त्री कमला रानी वरुणको निधन भएको थियो ।
चेतन चौहान उत्तर प्रदेशको अमरोहाबाट दुईपटक लोकसभा सदस्यमा निर्वाचित भएका थिए।