देउवाव्दारा सरकारको ध्यानाकर्षण

maitrinews

काठमाडौँ । नेपाली कांग्रेस सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेटवार्ता गर्नुभएको छ ।

देउवाले सिन्धुपाल्चोक पहिरो, कोरोना महामारी र त्रिभुवन विश्वविद्यालयका विषयमा सरकारको ध्यानाकर्षण गराउनुभएको छ ।

प्रधानमन्त्री ओलीले प्रमुख प्रतिपक्षी दलका नेता समेत रहेका देउवालाई कतिपय संवैधानिक नियुक्तिहरु छलफल गर्न बालुवाटार बोलाउनु भएको हो ।

सभापति देउवाले यी बिषयलाई गम्भीरतापूर्वक लिएर काम गर्न प्रधानमन्त्रीसँग आग्रह गर्नुभयो ।