बाढीले बस्ती बगायो १५ जना सम्पर्कविहीन, चार जनाको शव फेला

maitrinews

 

अछाम । रामारोशन(३ सान्तडाको सैनीबजारको बस्ती नै बगाउँदा १५ जना भन्दा बढी सम्पर्क विहीन भएका छन् । मध्यराती कैलाश खोला नदीले सैनी बजारका घर बगाउँदा १५र१६ जना सम्पर्कमा नरहेको गाउँपालिका उपाध्यक्षलाई उदद्दृत गर्दै प्रमुख जिल्ला अधिकारी गोकर्णप्रसाद उपाध्याले जानकारी दिनुभयो ।
नदीले बगाएका चार शव प्राप्त भएको र ठूलो जनधनको क्षति भएको बताइको छ । घटनास्थलमा सदरमुकामसहित विभिन्न प्रहरी चौकीबाट सुरक्षा टोली गइरहेकोले पूर्ण क्षतिको विवरण आउन नसकेको प्रजिअ उपाध्यायले बताउनुभयो । सञ्चार र सडक अवरोधका कारण मानवीय भौतिक र अन्य क्षतिको विवरण संकलन र उद्धारमा समस्या भइरहेको बताइको छ ।