मालीमा सैनिक कु ,छिट्टै नागरिक सरकार गठन होला ?

maitrinews

 

माली । पश्चिम अफ्रिकी देश मालीमा सेनाले गरेको सत्तापलटको अन्तर्राष्ट्रिय स्तरबाट गरिएको निन्दामा संयुक्त राष्ट्रसङ्घ पनि जोडिएको छ।

सैनिकहरूले नियन्त्रणमा लिएको केही घन्टापछि राष्ट्रपति इब्रहिम बुबाकार केयटाले राजीनामा दिएको घोषणा गरेका थिए।

संयुक्त राष्ट्रसङ्घको सुरक्षा परिषद्को बैठकले क्षेत्रीय सङ्गठनहरूले जस्तै आवाज उठाएको छ।

उसले अझै पनि सैनिक नियन्त्रणमा रहेका राष्ट्रपति केयटासहित सबै सरकारी अधिकारीहरूलाई तत्काल मुक्त गर्न र संवैधानिक व्यवस्था पुनर्स्थापित गर्न माग गरेको छ।
ुशक्ति हस्तान्तरण गर्नेु

अफ्रिकी सङ्घले यसअघि मालीको सदस्यता निलम्बन गरिसकेको छ।

अमेरिकार र फ्रान्सले पनि उक्त घटनाको निन्दा गरेका छन्।

तर सैनिक विद्रोहमा संलग्नहरूले देशलाई थप अराजकताबाट जोगाउन कदम चालेको बताएका छन्।

नागरिक सरकार गठन गर्ने र नयाँ चुनाव गराउने उनीहरूको भनाइ छ।

राजधानी बमाकोमा बोल्दै उनीहरूले आफूहरूले शक्ति साँच्न नचाहेको उल्लेख गर्दै नागरिक सरकार गठन गरेर शक्ति हस्तान्तरण गर्ने बताए।