नेकपा कार्यदलको बैठकमा घनिभूत छलफल

maitrinews

 

काठमाडौं । सत्तारुढ नेकपाभित्रको विवाद समाधानको सुझाव दिन गठन गरिएको कार्यदलको बिहीबारको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा बसेको छ।

महासचिव विष्णु पौडेलको संयोजकत्वमा गठित कार्यदलको बैठकले नेकपाको विवाद समाधान गर्न विभिन्न विकल्प तय गर्दैछ ।
शुक्रबार गठन गरिएको कार्यदलको बैठक शनिबार राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत ९सिइओ० सुशील ज्ञवालीको भैँसेपाटीस्थित निवासमा बसेको थियो।
त्यसपछि आइतबार अनौपचारिक छलफल गरेका कार्यदल सदस्यले सोमबार बैठक राखेनन्।

सोमबार बसेको सचिवालय बैठकले कार्यदललाई अनुमोदन गरेपछि मंगलबारदेखि कार्यदलले विषयकेन्द्रित छलफल थालेको हो ।

मंगलबार र बुधबार धुम्बाराहीस्थित पार्टी कार्यालयमा कार्यदलको बैठक बसेको थियो। छिट्टै प्रतिवेदन बुझाउने तयारीसहित कार्यदलले कामलाई तीव्रता दिइरहेका बेला बिहीबारको बैठक प्रधानमन्त्री निवास बालुवाटारभित्रै बसेको हो ।