बार्सिलोना छोड्न चाहन्छन मेस्सी

maitrinews

 

अर्जेन्टिना । अर्जेन्टिनाका फर्वाड लियोनेल मेस्सीले बार्सिलोना छोड्न चाहेको चर्चा च्याम्पियन्स लिगमा ठूलो पराजय भोगेसँगै चुलिएको थियो। अहिले क्लबले नै मेस्सीले क्लब छाड्न चाहेको पुष्टी गरेको छ। र, यसका लागि आवश्यक दस्तावेजहरु पनि उनले अघि बढाएको क्लबले जनाएको छ।
६ पटकको बालोन डि ओर जितेका मेस्सीले सन् २००४ मा बार्सलोनामा डेभ्यु गरेका थिए। उनको क्लबसँगको कन्ट्राक्ट सन् २०२१ मा सकिँदैछ। उनको आउट क्लज ७ सय मिलियन युरो छ। मेस्सी क्लब छोड्ने नै मुडमा भएको बताइन्छ।

मेस्सीले बार्सलोना छाड्न चाहेको विवरण बाहिर आउँदै गर्दा क्याम्प नाउ बाहिर बार्सिलोनासमर्थकहरुले बोर्ड कमिटीको विरुद्धमा नाराबाजी गरेका थिए।

मेस्सी अघिल्लो शुक्रवार नयाँ प्रशिक्षक रोनाल्ड कोम्यानलाई आफूलाई बार्सिलोनाभन्दा बाहिर देखिरहेको बताएका थिए।

मेस्सीले बार्सिलोना छाड्न चाहेको अफिसियल विवरण च्याम्पियन्स लिगमा बार्सिलोनाले लज्जास्पद हार ब्यहोरेको ११ दिन पछि आएको हो। जहाँ च्याम्पियनसमेत बनिसकेको बायर्न म्युनिखसँग बार्सिलोनाले ८(२ ले पराजय भोगेको थियो। यो सिजन बार्सिलोनाले बिना कुनै उपाधि टुंगाएको थियो।

मेस्सीलाई भित्र्याउने होड

जसै मेस्सीले बार्सिलोना छाड्ने चर्चा चल्न थाल्यो उनलाई भित्र्याउन क्लबहरुको पनि होडबाजी चलेको छ। जसमा इङ्ग्लिस क्लब म्यानचेस्टर सिटी, इटालियन क्लब इन्टर मिलानको नाम अगाडी छ। त्यस्तै कतारी क्लब अलसादसम्मको पनि चर्चाहरु चलिरहेका छन्।