भदौ १७ बाट दैनिक दुई अन्तर्राष्ट्रिय उडान हुने

maitrinews

 

काठमाडौं । सरकारले भदौ १७ बाट दैनिक दुई उडान गर्ने गरी नियमित हवाई उडान सुरु गर्ने भएको छ।

संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले भदौ १७ देखि नियमित २ र चार्टर्ड १ उडान गर्ने तालिका सार्वजनिक गरेको हो ।

विश्वभर कोरोना महामारी फैलिएपछि गत चैत ९ देखी व्यावसायिक हवाइ उडान बन्द भएको थियो।

सुरुवाती चरणमा नेपालीहरूका लागि मात्र उपलब्ध गराइने हवाई उडानबाट नेपाल आउन चाहनेले पीसीआर परीक्षणमा कोभिड–१९ नभएको ९नेगेटिभ० रिपोर्ट पेस गर्नुपर्ने शर्त राखिएको छ।

नेपाल आएपछि अनिवार्यरुपमा १४ दिन क्वारेन्टिनमा बस्नुपर्ने छ।