स्वास्थ्यका कारण जापानी प्रधानमन्त्री सिन्जो आबेले राजीनामा दिने

maitrinews

 

टोकियो । जापानका प्रधानमन्त्री शिन्जो आबेले स्वास्थ्यका कारण राजीनामा दिन लागेको स्थानीय सञ्चारमाध्यमहरूले बताएका छन्। उहाँको दलले पनि त्यसको पुष्टि गरेको छ।

उहाँ आन्द्राको समस्याबाट लामो समयदेखि पीडित हुनुहुन्छ। अहिले उहाँको अवस्था झन् बिग्रिएको अनुमान गरिएको छ।

सरकारी प्रसारक एनएचकेका अनुसार ६५ वर्षीय आबेले आफ्नो कारणले सरकार सञ्चालनमा समस्या नहोस् भन्ने चाहनुभएको छ ।

उहाँ सन् २०१२ देखि निरन्तर देशको कार्यकारी नेता रहेका आबे जापानी इतिहासमा सबैभन्दा लामो समय काम गर्ने प्रधानमन्त्री बन्नु भएको छ। ‍उहाँको पदावधि २०२१ सम्म छ।

सन् २००७ मा पनि उहाँले स्वास्थ्यकै कारण प्रधानमन्त्रीको पद त्याग गर्नु भएको थियो ।