मत्स्येन्द्रनाथको रथ तान्ने विषयमा विवाद पछि झडप

maitrinews

 

ललितपुर । ललितपुर पाटनका स्थानीयले रातो मत्स्येन्द्रनाथको रथ जात्रा गर्नुपर्ने माग गर्दे रथ तान्न शुरु भए पछि प्रहरी र स्थानीयबीच झडप भएको छ ।
महानगरीय प्रहरी परिसर ललितपुरका एक प्रहरी अधिकृतले झडपको अबस्था नआओस भनेर पानी तथा टियर ग्यासको प्रयाग भए पनि कति घाइते भए भन्ने विस्तृत विवरण नआएको बताए ।
प्रहरीले अहिले स्थानीयलाई सम्झाइ बुझाइ गरी रहेको ती अधिकृतले बताए ।
आजै स्थानीयल आफ्नो संस्कृति जोगाउने भन्दै भेला भइ रातो मत्स्येन्द्रनाथको रथ जात्रा गर्न माग गदैँ स्थानीयले प्लेकार्ड सहित धर्ना दिएका थिए ।
बिहीबार पुल्चोकमा भेला भएका स्थानीयहरुले कोरोनाको सुरक्षित मापदण्ड बनाई रथयात्रा गर्नुपर्ने माग गदैँ प्ले कार्ड सहित प्रदर्शन गरेका हुन् ।
स्थानीय सुरेन्द्र तुलाधरले पटक पटक रथारोहणको प्रयास भए पनि बन्दाबन्दी र काठमाडौँ उपत्यकामा कोरोना भाइरस फैलिएका कारण रथारोहण स्थगित हुँदै आएको भन्दै संस्कृतिलाई मास्न नपाउने विरोध जनाउनुभयो ।
उहाँले बैशाख मानै तान्नुपर्ने रथ अहिलेसम्म पनि अलपत्र अवस्थामा रहेको गुनासो ब्यक्त गर्दे स्वास्थ्य मापदण्ड अनुसार जात्रालाई मिलाउनुपर्ने माग गर्नुभयो ।
कोरोना माहामारीका स्थानीय प्रशासनले निषेधाज्ञा जारी गरेको अवस्थामा पाटनमा युवाहरु रथ तान्न तम्सिएका हुन् ।
रथयात्राका क्रममा धिमे बजा बजाउदै युवा अघि लागेका थिए भने रथ तान्ने क्रममा पुल्चोकमा सयौंका संख्यामा युवा सहभागी थिए । कोरोना संक्रमणको त्रास बढेको भन्दै प्रहरीले स्थानीयबासीसँग रथयात्रा रोक्न अनुरोध गरिरहेको थियो ।
प्रहरी तैनाथ भएपछि सहभागीहरु नाराबाजीमा उत्रेका छन् । उनीहरु प्रहरी दमन बन्द गर । जात्रा रोक्न पाइदैन भन्दै नारा लगाइरहेका छन् ।
ज्योतिष दैवज्ञ कीर्तिमदन जोशीले जात्राका विधि पु¥याएर तथा भीड कम गरेर सम्पन्न गर्न सकिने बताउनुभयो । उहाँले भन्नुभयो, यो समयमा भीड गर्न नहुने भएकाले रथ तान्न वा अरु विधिमा चाहिने मात्रै भएर गर्न सकिन्छ ।
मूल पुजारी कपिल बज्राचार्यले विगतमा पनि धेरै वर्षमा अप्ठ्यारो अवस्था आउँदासमेत कहिल्यै जात्रा नरोकिएको बताउनुभयो । अहिले महामारीका समयमा सहकालको देवताको जात्राको अझै बढी महत्व भएको उहाँको भनाइ छ । विसं २०७२ मा भूकम्पका कारण घर भत्किएको र चर्किएकाले रथ यात्रा के गर्ने भनी अन्योल भए पनि त्यतिबेला पनि जात्रा सञ्चालन भएको थियो । अहिले पनि आवश्यक सावधानी अपनाएर भीडभाड नगरी जात्रा गर्न सकिने उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, देवताको प्रभावले अहिले सङ्कट पनि हट्नेछ, देवताको जात्रा रोक्नु राम्रो हुँदैन ।