नेपालमा ९८० संक्रमित थपिए, १८ सय १४ निको भए

 

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप ९८० जनामा कोरोना संक्रमण पुष्टि भएको छ

आइतबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमले थप ९८० संक्रमित थप्उिको बताए।

२९० महिला ६९० पुरुष गरी ९८० संक्रमित भएका हुन्।

नेपालमा आज १० हजार ३८२ पीसीआर परीक्षण गरिएको छ।

पछिल्लो २४ घण्टामा १ हजार ८१४ संक्रमित निको भएका छन्। योसँगै नेपालमा कोरोना मुक्त हुनेको संख्या २८ हजार ९४१ पुगेको छ।