नेकपा स्थायी कमिटी बैठक भदौ २६ गते बोलाउने सहमति

maitrinews

 

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी ‘नेकपा’ले स्थगित गरेको स्थायी कमिटीको बैठक भदौ २६ गते बोलाउने भएको छ ।

नेकपाका प्रचार विभाग उपप्रमुख सूर्य थापाले साउन १३ गते स्थगित स्थायी कमिटीको बैठक भदौ २६ गते बोलाउने सहमति भएको जानकारी दिनुभएको हो । आज बालुवाटारमा पार्टीका अध्यक्षद्वय केपी शर्मा ओली, पुष्पकमल दाहाल र महासचिव विष्णु पौडेलसहितको छलफलमा यो सहमति गरिएको उहाँले बताउनुभयो।