पीएसजी र मार्सेलीबीचको खेलमा झगडा : नेइमारसहित पाँच खेलाडीलाई रातो कार्ड

maitrinews

 

काठमाडौँ । फ्रेन्च लिग वान अन्तर्गत गए राति भएको खेलमा साविक विजेतासमेत रहेको पीएसजीले सिजनमा लगातार दोस्रो पराजय ब्यहोरेको छ। पेरिस डेस प्रिन्सेस स्टेडियममा भएको खेलमा घरेलु टोली १(० ले पराजित भएको हो। सन् १९८४र८५ यता पहिलो पटक पीएसजी सिजनको सुरुका दुई खेलमा पराजित भएको छ। मार्सेलीको जितमा फ्लोरेन थाउभिनले खेलको ३१ औं मिनेटमा निर्णायक गोल गरे।

घरेलु मैदानमा पीएसजीले पराजय भोग्दै गर्दा मैदानमा त्यो दृश्य देखियो जुन फुटबलमा बिरलै देखिन्छ। खेल सकिँदै गर्दै मैदानमा झगडा गरेपछि नेइमारसहित पीएसजीका तीन खेलाडी र मार्सेलीका दुई खेलाडी रातो कार्ड खाँदै बाहिरिन पर्‍यो। जसमा पीएसजीका नेइमार, लेभिन कुरजावा र लियोनार्दो परेडेस रहेका छन्। र, मार्सेलीका जोर्डन अमाभी र डारियो बेनेट्टो रहेका छन्। सुरुमा चार खेलाडीलाई रेड कार्ड दिएका रेफ्रीले नेइमारले पछाडिबाट पञ्च हानेको भीएआरबाट देखेपछि उनलाई पनि रेड कार्ड दिएका थिए।

५ हजार दर्शकका बीच भएको खेलमा कुल १७ वटा कार्ड प्रयोग भयो जुन यो लिग वानको एउटा खेलमा प्रयोग भएको शताब्दीकै बढी कार्ड हो। उक्त झगडामा कुरजावा र अमाभीले त मैदानको ‘किक बक्सिङ’ नै देखाएका थिए।

पीएसजी र मार्सेली परम्परागत राइभलहरु हुन्। पीएसजीले च्याम्पियन्स लिगमा पराजय भोग्दा मार्सेलीका समर्थकहरु सडकमै उत्रिएर खुशी मनाएका थिए। मार्सेलीमा सेमिफाइनलमा लाइपजिगसँग खेल पछिको फ्यानहरु बीचको झगडालाई मध्यनजर गर्दै फाइनलमा त्यस्तो हुन नदिन पीएसजीको जर्सीलाई प्रतिबन्धसमेत लगाउनु परेको थियो।

नेइमारको आरोप, नश्लीय गाली दिइयो

ब्राजिलियन खेलाडी नेइमारले आफूमाथि नश्लीय गाली दिइएको आरोपसमेत लगाएका छन्। उनले अल्भारो गोन्जालेजले आफूमाथि नश्लीय टिप्पणी गरेको आरोप लगाएका हुन्।

विवाद हुँदा नेइमारले गोञ्जालेजलाई टाउकोमा पछाडिबाट थप्थपाएका थिए।

मेरो पछुतो त्यसको अनुहारमा नहानेकोमा छ स् नेइमार

खेलपछि ट्वीट गर्दै नेइमारले आफूले अल्भेरो विरुद्ध ‘स्ट्रङ एक्सन’ नलिएकोमा पछुतो रहेको बताएका छन्।

‘मेरो एउटै पछुतो त्यसको मुखमा प्रहार नगरेकोमा छ।’ नेइमारले ट्वीट गरेका छन्।

अर्को ट्वीटमा नेइमारले भनेका छन् स् भीएआरले मेरो आक्रोश त देख्यो अब मलाई नश्लीय गाली गर्दै बाँदर भनेको देखेको हेर्न चाहन्छु।