जापानका प्रधानमन्त्री योसिहिडे सुगा बन्ने निश्चित

maitrinews

काठमाडौं । जापानमा हालका मुख्य क्याबिनेट सेक्रेटरी योसिहिडे सुगा नयाँ प्रधानमन्त्री बन्नुहुने भएको छ ।
जापानको सत्तारुढ पार्टी लिबरल डेमोक्रेटिक पार्टी ९एलडीपी०ले सोमबार उहाँलाई सिन्जो आबेको स्थानमा नयाँ नेताको रुपमा चयन गरेको हो । यससँगै योसिहिडे नयाँ प्रधानमन्त्री बन्ने पक्का भएको हो ।

गत महिना प्रधानमन्त्री सिन्जो आबेले आफ्नो कमजोर स्वास्थ्यको कारण देखाउँदै राजिनामा दिनुभएको थियो। योसिहिडे आबेको निकटका व्यक्ति मानिनुहुन्छ । त्यसैले बाँकी कार्यकालमा उहाँले आबेकै नीतिलाई निरन्तरता दिने अपेक्षा गरिएको छ ।

बुधबार जापानको संसदमा पुनः प्रधानमन्त्री पदको लागि मतदान हुनेछ । जापानको संसदमा सत्तारुढ एलडीपी पार्टीको बहुमत रहेकाले योसिहिडेले जित्ने निश्चित छ । नयाँ प्रधानमन्त्रीले सन् २०२१ को सेप्टेम्बरमा हुने निर्वाचनसम्म आफ्नो कार्यभार सम्हाल्न पाउनुहुने छ ।