पाकिस्तानका स्कुलमा पठनपाठन खुला

maitrinews

 

इस्लामावाद । पाकिस्तानले आजबाट विद्यालयको ढोका खुला गरेको छ। प्रोटोकल बनाएर तीन चरणमा स्कुल चलाउन पाकिस्तान अघि सरिसकेको छ। पाकिस्तानी प्रधानमन्त्री इमरान खानले ट्वीट गर्दै सोमवार हरेक बालबालिका ज्ञान प्राप्त गर्न सुरक्षित रुपमा विद्यालय जान पाउनुपर्ने आफ्नो प्राथमिकता र सामुहिक दायित्व भएको उल्लेख गरेका थिए। निजी विद्यालयहरुको असन्तुष्टिका बाबजुद आजबाट पाकिस्तानमा स्कुल सुरु भएको छ। जसले तीन चरणमा गरेर सबै विद्यार्थीलाई ६ महिनापछि स्कुल पुर्‍याउने योजना पाकिस्तानको छ।

यता पाकिस्तानसँगसँगै छिमेकी राष्ट्र भारतले पनि स्कुल खोल्न तयारी तीब्र छ। भारतको तयारी २१ सेप्टेम्बरबाट स्कुल खोल्ने छ। त्यसका लागि बच्चाको स्वास्थ्य सुरक्षालाई मध्यनजर गर्दै स्वास्थ्य गाइडलाइन्स पनि जारी गरिसकेको छ।

केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण राज्यमन्त्री अश्विनी कुमार चौबेले ट्वीटमार्फत गाइडलाइन्स शेयर गरेका थिए।