मेसी सन् २०२० मा सबैभन्दा बढी कमाउने फुटबल खेलाडी

 

लन्डन । बार्सिलोनाका लियोनल मेसी सन् २०२० मा फुटबलमा सर्वाधिक कमाउने खेलाडी भएका छन् । फोर्ब्सका अनुसार उनको वार्षिक आम्दानी १२ करोड ६० लाख डलर रह्यो । युभेन्टसका क्रिस्टियानो रोनाल्डो ११ करोड ७० लाख डलर कमाइसँगै दोस्रो स्थानमा रहे ।

यस्तै तेस्रो स्थानमा पेरिस सेन्ट जर्मेन ९पीएसजी० नेयमार छन् । चौथो स्थानमा पीएसजीकै अर्का खेलाडी केलियन एमबापे छन् । सर्वाधिक कमाउने फुटबल खेलाडीको सूचीमा इंग्लिस प्रिमियर लिगका तीन खेलाडी परेका छन्, मोहम्मद सलाह, पउल पोग्बा र डेविड डि गेया ।

यस्तै शीर्ष दसमा रियल म्याड्रिडका फरवार्ड गेराथ बेल पनि रहेका छन् । तर बेलका लागि पछिल्लो सिजन व्यक्तिगत प्रदर्शनमा निराशाजनक रह्यो ।

सन् २०२० मा सर्वाधिक कमाउने फुटबलका १० खेलाडी

१। लियोनल मेसी– १२ करोड ६० लाख डलर

२। क्रिस्टियानो रोनाल्डो– ११ करोड ७० लाख डलर

३। नेयमार– ९ करोड ६० लाख डलर

४। केलियन एमबापे– ४ करोड २० लाख डलर

५। मोहम्मद सलाह– ३ करोड ७० लाख डलर

६। पउल पोग्बा– ३ करोड ४० लाख डलर

७। एन्टोन ग्रिजमन– ३ करोड ३० लाख डलर

८। गेराथ बेल– २ करोड ९० लाख डलर

९। रोबर्ट लेवनडोस्की– २ करोड ८० लाख डलर

१०। डेभिड डि गेया– २ करोड ७० लाख डलर