राष्ट्रिय सम्मानका साथ आङरिता शेर्पाको अन्त्येष्टि

maitrinews

 

काठमाडौ । विश्व कीर्तिमानी आरोही आङरिता शेर्पाको राष्ट्रिय सम्मानका साथ आज अन्त्येष्टि गरिएको छ ।

अक्सिजनबिना नै १० पटक सगरमाथा आरोण गरी साहसिक पहिचान बनाएका विश्व कीर्तिमानी पर्वतारोही आङरिता शेर्पाको आज राष्ट्रिय सम्मानका साथ अन्त्यष्टी गरिएको हो ।

शेर्पाको ५ असोजमा काठमाडौंस्थित छोरीको घरमा निधन भएको थियो । उहाँको आज बिहान टेकु दोभानमा धार्मिक परम्पराअनुसार अन्त्येष्टि गरिएको छ । उहाँको पार्थिव शरीरमा संस्कृती, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले राष्ट्रिय झण्डा ओढाएर सम्मान व्यक्त गर्नु भएको थियो । सुरक्षाकर्मीहरुले शेर्पाप्रति सलामी अर्पण गरेका थिए ।