पाल्पामा पहिरोमा परि एकै घरका ५ सहित छ जना बेपत्ता

 

काठमाडौं । पाल्पाको रम्भा गाउँपालिका वडानम्बर २ स्थित फोक्सिङकोटमा अविरल वर्षापछि खसेको पहिलोले एकै घरका ५ सहित छ जना वेपत्ता भएका छन।

गाउँपालिकाका अध्यक्ष विष्णुप्रसाद भण्डारीका अनुसार बिहीबार बिहान खसेको पहिरोमा परी तीन घर पुरिएका छन।

ुहुम बहादुर गाहाको घर पुरिएको र परिवारका सबै ५ जना वेपत्ता भएको तथा मनबहादुर गाहाको घर पुरिए पनि मानवीय क्षति नभएको अहिलेसम्म विवरण प्राप्त भएको छ,ु अध्यक्ष भण्डारीले भने।

त्यस्तै भण्डारीका अनुसार फोक्सिकोटकै सुरुमडाँडामा एक अर्को घर पुरिदा एक जना गर्भवती महिला बेपत्ता भएकी छन्।