पहिरोसँगै बस भिरबाट खस्दा एक जनाको मृत्यु , ६ जना घाइते

maitrinews

 

कावासोती । । पूूर्व पश्चिम राजमार्ग अन्तरगत बिनयी त्रिवेणी गाउपालिका दुई दाउन्नेको बिश्वकर्मा मन्दिर नजिकै माथिबाट खसेको पहिरोसँगै बस भिरबाट तल खस्दा एक जनाको मृत्यु भएको छ । ६ जना घाईते भएका छन् ।
मृत्यु हुनेमा रुकुम पश्चिम आठबिसकोट गाउँपाकिला १० बस्ने २५ वर्षको हरिषचन्द्र केसीको गए राति मृत्यु भएको जिल्ला प्रहरी कार्यालय नवलपरासी पूर्वका प्रहरी नायव उपरीक्षक मोहन बहादुर खाँणले जानकारी दिनुभयो ।
बसमा १८ जना सवार रहेका थिए । प्रहरी र स्थानीयको टोलीले उद्धार गरि घाईते सात जनालाई पुरानो मेडिकल कलेज लगिएको थियो । घाईते मध्ये एक जनाको मृत्यु भएको हो । बसमा सवार अन्य ११ जनाको अवस्था सामान्य रहेको छ ।
पूर्वबाट पश्चिमतर्फ जादै गरेको ना ५ ख ७९४० नम्बरको बसलाई पहिरोसंगै खसेको लेदोले सडकबाट ३० फिट तल बस खसालेको प्रहरी नायव उपरीक्षक खाँणले जानकारी दिनुभयो ।

दाउन्नेमा अबरुद्ध सडक एकतर्फी संचालन

दाउन्नेमा पहिरो खसेर अवरुद्ध बनेको पूर्वपश्चिम राजमार्ग शुक्रबार विहानबाट एकतर्फी रुपमा संचालनमा आएको छ ।
जिल्ला प्रहरी कार्यालय नवलपरासी पूर्वका प्रहरी नायव उपरीक्षक मोहन बहादुर खाँणका अनुसार बिहान ५ बजेतबाट राजमार्ग एकतर्फी रुपमा संचालनमा आएको छ । अविरल वर्षाले गर्दा पहिरो खस्न नरोकिदा पन्छाउन समस्या भएको खाँणले बताउनुभयो । पहिरो पन्छाउने काम भईरहेको र केहि समयपछि संचालनमा आउने खाँणले बताउनुभयो
नवलपरासी पूर्व नवलपुरको  विनयी त्रिवेणी गाउँपालिकाको दाउन्नेस्थित विश्वकर्मा मन्दिर नजिकै बिहिबार बिहान ७ बजे पहिरो खस्दा राजमार्ग अवरुद्ध बनेको थियो । दिउसो केहिबेर एकतर्फी सञ्चालनमा आएको राजमार्ग पुनः पहिरो खसेपछि पूर्ण रुपमा अबरुद्ध बनेको थियो । २४ घण्टासम्म राजमार्ग अबरुद्ध हुँदा यात्रुले सास्ति भोग्नुपरेको छ ।