कुवेतका अमिर शेखको निधन

maitrinews

 

कुवेत सिटी । कुवेतका अमिर शेख सबाह अल(अहमद अल सबाहको निधन भएको सरकारी सञ्चारमाध्यमले जनाएका छन्। उनी ९१ वर्षका थिए।

उनका ८३ वर्षीय सौतेनी भाइ युवराज शेख नवाफ अल(अहमदलाई मन्त्रिपरिषद्ले उनका उत्तराधिकारीका रूपमा घोषणा गरेको छ।

गत जुलाईमा शेख सबाह उपचारका लागि अमेरिका गएका थिए। उनको अवस्थाबारे त्यसबेला कुवेतमा स्पष्ट जानकारी दिइएको थिएन।

उनले कुवेतमा सन् २००६ देखि शासन गरेका थिए र करिब ५० वर्षदेखि कुवेतको परराष्ट्र मामिला हेरेका थिए।
शेख सबाह अल(अहमद अल(सबाह

उनले इराकी सेनाले कुवेत कब्जा गरेको सन् १९९० १९९१ को अरब युद्धपश्चात् इराकलाई त्यसबेला साथ दिने अन्य मुलुकसँग सम्बन्ध पुनर्स्थापित गरेका थिए।

त्यसैले उनलाई डीन अफ अरब डिप्लोमसी भन्ने गरिएको थियो।

प्रायः अरब क्षेत्रमा देखिने क्षेत्रीय तनाव कम गर्न उनी मध्यस्थताका लागि क्रियाशील हुने गर्थे।