मुख्यसचिवमा वैरागी, खतिवडा र रेग्मी राजदूतमा सिफारिस

maitrinews

 

काठमाडौं । सरकारले मुख्य सचिवमा शंकरदास वैरागीलाई नियुक्त गरेको छ । आज बसेको मन्त्रिपरिषद्को बैठकले सो निर्णय गरेको हो ।
त्यस्तै अमेरिकाका लागि नेपाली राजदूतमा डा। युवराज खतिवडाको नाम सिफारिस गरेको छ भने बेलायतका लागि नेपाली राजदूतमा लोकदर्शन रेग्मीको नामा सिफारिस गरेको महिला बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री पार्वत गुरुङले बताउनुभयो । वैरागी हाल परराष्ट्र सचिव हुनुहुन्छ भने लोकदर्शन रेग्मी मुख्यसचिव हुनुहुन्छ । त्यस्तै डा।खतिवडा केही समय पहिलेसम्म अर्थमन्त्री रहनुभएको थियो ।