आन्दोलन चर्केपछि बुटवलका केही स्थानमा निषेधित क्षेत्र घोषणा

maitrinews

 

बुटवल । प्रदेश ५ को राजधानी सार्ने प्रस्तावको विरोधमा आन्दोलन हुन थालेपछि रुपन्देही प्रशासनले बुटवलका केही स्थानलाई निषेधित क्षेत्र घोषणा गरेको छ । प्रशासनले निषेधित क्षेत्र घोषण गरेको स्थानमा ५ जना भन्दा बढी जम्मा हुन रोक लगाएको छ।

जिल्ला प्रशासन कार्यालय रुपन्देहीले शनिबार राति साढे ८ बजे एक सूचना जारी गर्दै आज बिहान ६ बजेदेखि २१ गते बेलुका ६ बजेसम्मका लागि निषेधित क्षेत्र तोकेको हो ।

जिल्ला प्रशासन कार्यालय रुपन्देहीले जारी गरेको सूचना अनुसार प्रदेश सभा रहेको क्षेत्रमादक्षिणमा इटाभट्टी चोक, उत्तरमा कालिका मन्दिर चोक, पश्चिममा तिनाउ खोला किनार र पूर्वमाकालिका मन्दिरदेखि इटाभट्टी चोकसम्मको कालिका पथ क्षेत्रभित्र निषेधित क्षेत्र तोकिएको जनाइएको छ।