जहाँ छौं त्यहीं बसेर दशैँ मनाऔं : स्वास्थ्य मन्त्रालय

maitrinews

 

काठमाडौं । सरकारले यसपालिको दसैं कतै आवतजावत नगरी जहाँ छौं त्यहीं बसेर मनाउन आम नागरिकलाई आग्रह गरेको छ।

कोरोना संक्रमण हुने जोखिम उच्च रहेकाले सुरक्षाका लागि कतै नगई हाल बसिरहेकै स्थानमा चाड मनाउन स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सबैमा अनुरोध गरेको हो।
मन्त्रालयका प्रवक्ता प्रा।डा।जागेश्वर गौतमले दसैं अर्कोपटक पनि आउँछ, यसपटकको दसैंचाहिँ हामी जहाँ छौं त्यहीं बसेर मनाऔं भन्नुभयो ।
उहाँले अति आवश्यक नपरीकन घरबाट बाहिर ननिस्कन तथा निस्कनै परे जनस्वास्थ्य मापदण्ड ९सावधानी० पालना गर्न पनि आग्रह गर्नुभयो ।