७८ नेपाली शान्ति सेना सुडान प्रस्थान

maitrinews

 

काठमाडौं । कोरोना महामारीबीच ७८ जना नेपाली शान्ति सैनिक दक्षिण सुडानमा शान्ति स्थापनार्थ त्यसतर्फ प्रस्थान गरेका छन्।

दक्षिण सुडानमा तैनाथ संयुक्त राष्ट्र संघको मिसनअन्तर्गत हाई रेडिनेस कम्पनी ९एचआरसी० को नियमित अदलबदलीका क्रममा नेपाली शान्ति सैनिकको पहिलो डफ्फा काठमाडौंबाट जहाजमार्फत त्यसतर्फ गएको नेपाली सेनाले जनाएको छ।

सेनाले जारी गरेको विज्ञप्तिअनुसार दक्षिण सुडानबाट फर्किने सेना भने आज आइपुग्नेछन्।