सामसंग ग्यालेक्सी जेड फोल्ड २ प्रि–बुकिङ्ग

maitrinews

 

काठमाडौँ । लामो प्रतीक्षा पछि सामसंग ग्यालेक्सी जेड फोल्ड २ को लागि प्रि–बुकिङ्ग अब समार्टडोकोमा रु. २,४९,९९९÷– मा उपलब्ध हुने भएको छ । यस स्मार्टफोनमा ग्लास स्क्रिन राखिएको छ जसमा किताब जस्तै फोल्ड गर्न र ह्यान्ड्स फ्री क्यामेरा छ जुन तपाईले हात वेभ गर्दा शुट हुन्छ ।
प्रि–बुकिङ्ग गर्दा रु. १९,९९९÷– मुल्यको सामसंग ग्यालेक्सी बड्स लाइभ निःशुल्क पाईनेछ र ग्राहकहरुले १ पटकको लागि १२ महिनाको ब्रेकेज बीमा पनि प्राप्त गर्न सक्नुहुनेछ । ग्राहकहरुले रु. ५,००० प्रि–बुकिङ्गको लागि भुक्तानी गर्नुपर्ने हुनेछ र बाँकी ह्यान्डसेट पाउनु भएपछि भुक्तानि गर्नुपर्ने छ ।
“अघिल्लो समयहरुमा सामसंगको फोल्डिङ फोनहरु नेपालमा नभित्रिदा पनि अहिले भने हामीले नेपालमै पहिलो पटक सामसंगको
सामसंग ग्यालेक्सी जेड फोल्ड २ स्मार्टफोन स्मार्टडोकोबाट प्रि–बुकिङ्ग गराउन पाउँदा हामी अत्यन्तै उत्साहित छौं । यस सामसंग ग्यालेक्सी जेड फोल्ड २ स्मार्टफोन एकदमै राम्रो र अपग्रेड भर्जनको साथ नेपाली बजारमा उपलब्ध गराईनेछ ।” दिकेश मल्होत्रा, अध्यक्ष र सीईओ, आईएमएस ग्रुप
स्मार्टडोकोबाट प्रि–बुकिङ्ग असोज २८ गते सम्म मात्र खुल्ला गरिएको छ । छिटो गर्नुहोस्! र प्रि–बुकिङ्गको लाभ उठाउनुहोस् । स्मार्टडोकोलेसामसंग ग्यालेक्सी जेड फोल्ड २ नेपाल भरी निःशुल्क डेलिभरी गर्नेछ ।