रसायनशास्त्रतर्फको नोबेल दुई वैज्ञानिकलाई

maitrinews

 

काठमाडौँ । यस वर्ष रसायनशास्त्रतर्फको नोबेल पुरस्कार फ्रान्सका वैज्ञानिक इम्यानुअल चारपेन्टियर र अमेरिकी वैज्ञानिक जेनिफर डोउडनालाई प्रदान गरिने भएको छ । उहाँहरुलाई जिन एडिटिङको तरिका विकासका लागि सो पुरस्कार प्रदान गरिने भएको हो ।

रसायन शास्त्रका लागि नोबेल पुरस्कार जित्नेमा उहाँहरु छैटौँ र सातौँ महिला बन्नुभएको छ । चारपेन्टियर र डोउडनाले जिन प्रविधिका सबैभन्दा धारिलो औजार आविष्कार गर्नुभएको छ । यो जेनेटिक औजारमा अद्भूत शक्ति छ, जसले हामी सबैलाई प्रभावित गर्नेछ । यसले आधारभूत विज्ञानलाई क्रान्तिकारीकरण गरेको मात्र छैन यसले खोजमूलक परिणाम पनि दिएको छ । यो विधिले नयाँ चिकित्सीय उपचारमा ठूलो परिवर्तन ल्याउने विश्वास गरिएको छ ।

यो विधिको सहायताले जिनमा भएको क्षतिलाई मर्मत गर्न सकिने छ । यसले मानवतालाई नयाँ ठूलो अवसर प्रदान गर्नेछ । यो प्रविधिको अद्भूत शक्तिलाई हामीले ठूलो सावधानीका साथ प्रयोग गर्नुपर्नेमा जोड दिइएको छ ।