उपत्यकामा मात्रै २५४० जनामा कोरोना संक्रमण पुष्टि, देशभर थपिए ३४३९ संक्रमित

 

काठमाडौँ । उपत्यकामा मात्रै २५४० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । देशभर ३४३९ संक्रमित थपिएका छन् ।
बिहीबारसम्म देशभर कोरोनाभाइरसको सक्रिय संक्रमित २६ हजा ६८४ पुगेको छ । जसमा संस्थागत आइसोलेसनमा ११हजार ७१७ र होम आइसोलेसनमा १४ हजार ९६७ जना रहेका छन् ।
स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले बिहीबारको प्रुेस ब्रिफिङमा बितेको २४ घण्टामा देशभर ३ हजार ४३९ संक्रमित थपिएको जानकारी दिए ।
उनका अनुसार थपिएका संक्रमितमध्ये काठमाडौंमा २ हजार ८५, भक्तपुरमा १३५ र ललितपुरमा ३२० जना रहेका छन् । यससँगै उपत्यकामा मात्रै बितेको २४ घण्टामा २ हजार ५४० जनामा संक्रमण पुष्टि भएको गौतमलेृ बताए ।