यस वर्षको नोबेल शान्ति पुरस्कार विश्व खाद्य कार्यक्रमलाई

maitrinews

 

काठमाडौँ । विश्व खाद्य कार्यक्रम डब्लूएफपीलाई सन् २०२० को नोबेल शान्ति पुरस्करका लागि चुनिएको छ । नर्वेको नोबेल कमिटीका अध्यक्ष बेरिट राइस एन्डरसनले शुक्रबार नोबल शान्ति पुरस्कारको घोषणा गरेकी हुन् । उनका अनुसार डब्लूएफपले सन् २०१९ मा ८८ देशका करिब ९.७ करोड मानिसलाई सहायता गरेको थियो ।

यो वर्ष शान्ति पुरस्कारका लागि ३१८ जनाको नाम सिफारिस भएको थियो । यसमा २११ जना व्यक्ति र १०७ संस्था रहेका छन् । यसमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको नाम पनि सिफारिस गरिएको थियो ।