गिरिजा प्रसाद कोइराला फाउण्डेशन अमेरिकाको सहकार्यमा निःशुल्क खाद्यान्न प्रदान

maitrinews

 

न्युयोर्क । न्युयोर्क शहर डिस्ट्रीक १४ की कांग्रेस वुमेन आलेक्जन्द्रीया ओक्काजियो कोर्टेजको आह्वानमा एओसीले ब्रक्सं मुस्लिम सेन्टरलाई निःशुल्क खाधन्न प्रदान गर्नु भएको छ ।
उक्त खाद्यान्न वितरणका लागि गिरिजा प्रसाद कोइराला फाउण्डेशन अमेरिकालाई ३ जना स्वयंसेवीहरु उपलब्ध गराई सहयोग गरि दिन एओसीले अनुरोध गर्नु भएको थियो।
उक्त अनुरोधलाई हार्द्विकता का साथ स्वीकार्दै फाउण्डेशनको तर्फवाट अध्यक्ष सोमनाथ घिमिरे, उपाध्यक्ष सुवर्ण लामा र श्री दावा शेर्पा स्वयंसेवीको रुपमाब्रक्सं०मै गएर खटिनु भएको थियो। एओसीको कार्यालयवाट जनाथन सोतो र नाताली कारभालो खटिनु भएको थियो।

उक्त अवसरका लागि कांग्रेस वुमेन आलेक्जन्द्रीया ओक्काजियो कोर्टेजलाई गिरिजा प्रसाद कोइराला फाउण्डेशन अमेरिकाले धन्यवाद एंव हार्द्विक आभार प्रकट गरेको छ ।