सरकारसँग सहमतिपछि डा. केसीले तोडे अनशन

maitrinews

 

काठमाडौँ । चिकित्सा शिक्षा र सेवा सुधारको माग राख्दै अनशनरत डा। गोविन्द केसीले २८औं दिनमा अनशत तोडेका छन् । शनिबार राति सरकारसँग भएको ८ बुँदे सहमतिपछि आइतबार बिहान डा। केसीले १९औं अनशन तोडेका हुन् ।

उनलाई कोरोना संक्रमणपछि निको भएका त्रिवि शिक्षण अस्पतालका ४६ वर्षीय कर्मचारी विकास नेपालीले जुस खुवाएर अनशन तोडाएका हुन् ।

शनिबार राति त्रिवि शिक्षण अस्पतालमा डा। केसी र सरकारी वार्ता टोलीका संयोजक तथा शिक्षा सचिव गोपीनाथ मैनालीले ८ बुँदे सम्झौतापत्रमा हस्ताक्षर गरेका थिए ।