कर्णालीका मुख्यमन्त्रीद्वारा सचेतक निष्काशित, नयाँ नियुक्त

काठमाडौँ । कर्णाली प्रदेश सभामा नेकपा संसदीय दलका सचेतक गुलावजंग शाहलाई निष्काशित गरी उनको ठाउँमा नयाँ सचेतक नियुक्त गरिएको छ।
नेकपाको प्रदेश संसदीय दलका नेता एवं मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले शाहलाई प्रमुख सचेतकबाट हटाएका हुन्।
मुख्यमन्त्री शाहीले सोमबार उनलाई जिम्मेवारीमुक्त गरिएको पत्र दिएका हुन्।
पत्रमा भनिएको छ, ‘तपाईंले गरेको कामकारवाही सन्तोषजनक नभएकोले आजसम्म गरेको कामको लागि धन्यवाद दिँदै तपाईंलाई नेपाल कम्युनिष्ट पार्टी ९नेकपा० प्रदेश सभा दलको प्रमुख सचेतकको जिम्मेवारीबाट मुक्त गरेको छु।’

साथै, शाहीले दलको सचेतकको रुपमा प्रदेशसभा सदस्य सिताकुमारी नेपालीलाई नियुक्त गरिसकेका छन्।