ट्रम्प फ्लोरिडाको निर्वाचन र्‍यालीमा, ‘म रोग प्रतिरोधी भएँ’

maitrinews

 

अमेरिका । दुई साताभन्दा कम समय अगाडि कोरोनाभाइरसबाट सङ्क्रमित भएका अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले त्यसयता पहिलो निर्वाचन र्‍याली सम्बोधन गर्नुभएको छ ।

निकै फूर्तीका साथ सम्बोधन गर्दै उहाँले फ्लोरिडामा उपस्थित भिडलाई आफू उत्तम स्वास्थ्य अवस्थामा रहेको अनि ुरोग प्रतिरोधीु बनेको बताउनुभयो।

उहाँले प्रतिस्पर्धी जो बाइडनलाई कट्टर समाजवादीहरूको कठपुतली भएको आरोप लगाउनुभयो तथा सञ्चारमाध्यम पनि पक्षपाती भएको दावी गर्नुभयो।

स्यान्डफोर्ड नगरस्थित उक्त र्‍याली स्थलमा सामाजिक दूरी कायम गरिएको पाइएको छैन अनि कैयन् मानिसहरू विनामास्क उपस्थित छन्।

आगामी चार दिनमा निर्वाचनका बेला कडा टक्कर हुने ठानिएका चारवटा राज्यमा उहाँले भ्रमण गर्नुहुनेछ।