जि पि कोइराला फाउण्डेशन अमेरिकाव्दारा राहत वितरण

maitrinews

 

न्युयोर्क । गिरिजा प्रसाद कोइराला फाउण्डेशन अमेरिकाले फेरि निःशुल्क खाद्यान्न वितरण गरेको छ।
निशुल्क खाद्यान्न वितरण कार्यक्रम न्युयोर्क शहरको क्वीन्स बोरो स्थित विभिन्न संघ(सस्थाहरु मार्फत गरेको हो । छब्बीसौँ पटकको रिभर फण्ड का मुख्य उत्पादन अधिकारी डा। ओट्टो स्टार्जमेन सँग सहकार्य गरी १,१५२ बक्स निशुल्क दुग्धजन्य पदार्थहरू, फ्रोजन चिकेन, तरकारी र फलफुल वितरण गरिएको फाउण्डेशनका अध्यक्ष सोमनाथ घिमिरे जानकारी गराउनु भयो।

गिरिजाप्रसाद कोइराला फाउण्डेसन अमेरिकाले न्युयोर्कको क्वीन्समा रहेका संघसंस्थाहरु क्रमशस् वालुङ किदुग युएसएलाइ १४४ बक्स, शेर्पा किदुग अमेरिकालाइ १५४ बक्स, जन संपर्क समिति न्युयोर्क च्याप्टर १६४ बक्स, युनाइटेड मुगुम् अर्गनाइजेसन अफ अमेरिका ९६ बक्स, मगर सँघ न्युयोर्क च्याप्टर ९६ बक्स, तमु परिवार अमेरिका ४८ बक्स, गुरूङ सोसाईटी अफ अमेरिका ४८ बक्स, गोरखा समाज अमेरिका १६ बक्स, भोजराज ठोकर ं पाल्जुर शेर्पा ४८ बक्स, ह्योल्मो सोसाईटी अफ अमेरिका ४८ बक्स, किराँत याकथुङ्ग चुम्लुङ अमेरिका ७२ बक्स र लाईन मार्फत सार्वजनिक बितरण २१८ बक्स निशुल्क दुग्धजन्य पदार्थहरू, फ्रोजन चिकेन र फलफुल गिरिजाप्रसाद कोईराला फाउण्डेसन अमेरिकाले वितरण गरेको थियो।

फाउन्डेसनको निःशुल्क खाधन्न वितरण कार्यक्रममा तन, मन र बचन दिएर क्रमशः उपाध्यक्ष सुवर्ण लामा, केन्द्रीय सदस्य एवं समुदाय सम्बन्ध निर्देशक छिरीङ्ग राप्के लामा, केन्द्रीय सदस्य एवं महिला संयोजक सुश्री दावा शेर्पा र केन्द्रीय सदस्य सूर्य सीमखडा खटिएका थिए भने स्वयंसेवीहरु ने।का। युवा नेता क्रमशः पंकज सुब्बा, अनिल राज पाण्डे, प्रेमलाल बुढा मगर, विमल रोक्का, लक्ष्मण पुन, राम अधिकारी, प्रधुम्न रायमाझि, कुमार खडका, नारायण भट्टराई, राजु घर्ती, माधव जोसी, राम खडका, हेमु ओझा, सुवास के।सि र यसै फाउण्डेशनकी महिला सदस्य मुना भण्डारी के।सि।, ने।का। नेत्री कमला पन्त(न्युयोर्क, ने।का। युवा नेता अनन्त राज सुवेदि समाजसेवी टंक खडका लगायत खटिएका थिए ।

गिरिजा प्रसाद कोइराला फाउण्डेशन अमेरिकाले रिभर फण्ड का मुख्य उत्पादन अधिकारी डा। ओट्टो स्टार्जमेन लाई धन्यवाद एंव आभार प्रकट गरेको छ ।