मुख्यमन्त्री शाहीविरुद्धको अविश्वास प्रस्ताव बीचमै तुहियो

maitrinews

 

काठमाडौं । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले मन्त्रिपरिषद् पुनर्गठन गर्ने गर्नुहुने भएको छ। मन्त्रिपरिषद् पुनर्गठन गर्न शाही सहमत भएसँगै उहाँविरुद्धको अविश्वास प्रस्ताव तुहिएको हो ।
नेकपाका केन्द्रीय सदस्य निरज आचार्य नेतृत्वको टोलीले सुर्खेत पुगेर अविश्वासको प्रस्तावमा हस्ताक्षर गर्ने प्रदेश सभा सदस्यहरुलाई अविश्वासको प्रस्तावका लागि गरेको हस्ताक्षर फिर्ता लिन र आजको बैठकमा नजान सुझाव दिएपछि ७ जना हस्ताक्षरकर्ताहरु पछि हटेका हुन् । उनीहरु बैठकमा सहभागी नभएपछि शाहीविरुद्धको प्रस्ताव तुहिएको हो ।
मुख्यमन्त्री शाहीले एक दुई दिनभित्रै मन्त्रिमण्डल पुनर्गठन गर्ने वाचा गरेपछि विवाद मिलेको छ ।