बहराइनका राजकुमारको टोलीव्दारा मनास्लु शिखरको सफल आरोहण

maitrinews

 

काठमाडौं । बहराइनका राजकुमारको टोलीले नेपालमा हिमाल आरोहणको आफ्नो लक्ष्य पूरा गरेको छ। टोलीको लबोकुचे र मनास्लु हिमालको सफल आरोहण गरेको हो।

१३ सदस्यीय ुबहराइन एक्पेडिसन टिमु मा माउन्टेन गाइडसहित ४० जनाभन्दा बढीले बिहीबार मनास्लु हिमाल आरोहण गरेका छन्। आरोहणपछि टोली बेसक्याम्प आइपुगेको नेपाल पर्यटन बोर्डले जनाएको छ।

सोलुखुम्बुको लोबुचे हिमाल आरोहण सकेर टोली मनास्लु बार गोरखाको मनास्लुतर्फ लागेको थियो। ुबोर्डबाट खटिनु भएको लिएजोन अफिसरले दिनुभएको जानकारी अनुसार बिहान ६स्१० बजे उहाँहरुले मनास्लु हिमालमा सफल आरोहण गर्नुभएको छ। बेसक्याम्प आइपुग्नुभएको जानकारी आएकोछ। उहाँहरु काठमाडौं आउने तयारीमा हुनुहुन्छ,ु बोर्डका एक कर्मचारीले भने।

काठमाडौं आएलगत्तै डिटेल ब्रिफीङ भएपछि बहराइनबाट आएका ुएक्पिडीसन टिमु को बाँकी योजना टुंगो लाग्ने बोर्डले जनाएको छ। गत सेप्टेम्बर १६ तारिखमा ुहाइ(प्रोफाइलु सहितको टोली नेपाल आएको थियो।

राष्ट्रिय सुरक्षा सल्लाहकार तथा रोयल गार्ड प्रमुखसमेत रहेका बहराइनका ३३ वर्षे राजकुमार शेख नासिर बिन हमाद अल खलिफाको टोली चार्टर्ड फ्लाइटक मार्फत नेपाल आएको हो। १५ जनाको टोलीमध्ये केही सदस्यले मनास्लु आरोहण नगरेको बोर्डले जनाएको छ।

पर्यटन बोर्डका अनसार मनास्लु हिमाल आरोहण अनुमतिका लागि प्रति व्यक्ति नौ सय डलर र लोबुचेका लागि जनही एक सय २५ डलर शुल्क लिने गरिएको छ। बहराइनको टोलीले दुवै हिमाल आरोहणका लागि न्यूनतम ४० दिन समयावधि छुट्याएको थियो। एक महिना नबित्दै टोलीले सफल आरोहण गरेको हो।

कोरोना संक्रमण बढेयता सुनसान रहेको पर्यटन क्षेत्रमा बहराइनको टोलीको आरोहण यात्रालाई व्यवसायीले सकारात्मक मानेका छन्। बिस्तारै पुनः खुलेको पर्यटन क्षेत्रका बारेमा बहराइनको टिमको आरोहणको सन्देश संसारभरि नेपालका लागि हितकर हुने पर्यटनकर्मीहरूको भनाइ छ।