अमेरिकाले ताइवानलाई ड्रोन र क्षेप्यास्त्रहरु बेच्ने

maitrinews

 

अमेरिका । ताइवानलाई अमेरिकाले हतियारहरु बेच्ने योजना बनाएको छ।

ट्रम्प प्रशासनले ताइवानलाई एमक्यू–९ ड्रोन हतियार तथा क्षेप्यास्त्र प्रणाली बेच्ने योजना बनाएको अमेरिकी अधिकारीहरुलाई उद्धृत गर्दै रोयटर्सले जनाएको छ।

५ अर्ब अमेरिकी डलरको हतियार बेचबिखन सम्झौता भएको अनुमान गरिएको छ। गत सोमबार अमेरिकी कँग्रेसमा ताइवानलाई हतियार बेच्ने विषय उठेको थियो।

त्यसको केही समयमै चीनका विदेशमन्त्री वाङ यीले अमेरिकाले ताइवानलाई हतियार बेचे चीनले आवश्यक प्रतिक्रिया जनाउने बताएका थिए।
अमेरिकी र ताइवानको कदमबाट चीन सन्तुष्ट छैन।
कोरोना भाइरस, प्रविधि, दक्षिण चीन सागर, व्यापार, हङकङको स्वतन्त्रता लगायतका विषयमा हाल अमेरिका र चीनबीच विवाद छ।