चिनियाँ सेनासँग लडाइँ गर्न भारतीय सेनाको गुप्त एकाइमा तिब्बती शरणार्थी

maitrinews

नयाँदिल्ली । दशकौँदेखि भारतले हिमाली क्षेत्रमा लडाइँ गर्न बनाएको एउटा गुप्त सैन्य टोलीमा तिब्बती शरणार्थीहरूलाई भर्ती गर्दै आएको छ। तर हालै एक लडाकुको मृत्यु भएपछि उक्त एकाइ चर्चामा आएको छ ।
केही दिनअघि ५१ वर्षीय सैनिक नीमा तेन्जिनको लद्दाखको प्याङ्गोङत्सो तालनजिकै भएको बम विस्फोटमा मृत्यु भयो। सो क्षेत्र हालै चिनियाँ र भारतीय सेनाबीच तनाव भएको क्षेत्र हो। सैन्य स्रोतका अनुसार उनको मृत्यु भारत र चीनबीच सन् १९६२ मा युद्ध हुँदा बिच्छ्याइएको बम विस्फोट हुँदा भएको हो।

ूअगस्ट ३० को राति साढे १० बजेतिर उनी घाइते भएको सूचना पाएँ,ू तेन्जिनका दाजु नाम्दाखले भने। ूमलाई उनको मृत्यु भएको बताइएन। पछि एकजना साथीले उनको मृत्यु भएको जानकारी दिए।ू

परिवारका अनुसार तेन्जिन स्पेशल फ्रन्टीअर फोर्स एसएफएफका सदस्य थिए। सो एकाइमा ३,५०० जति सैनिक रहेको र तीमध्ये धेरैजसो तिब्बती शरणार्थी रहेको बताइन्छ।

तेन्जिन शरणार्थी थिए र उनले सेनामा ३० वर्षभन्दा बढी सेवा गरेको उनको परिवार बताउँछ।